logo

२०८१ मंसिर १७ सोमबार

logo
  • सोमबार, १७ मंसिर २०८१
  • नुवाकोटको कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिन्छ: गृहमन्त्री लेखक

    नुवाकोटको कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिन्छ: गृहमन्त्री लेखक

    390
    SHARES
    नुवाकोटको कारागारलाई उद्योग कारागारका रुपमा विकास गरिन्छ: गृहमन्त्री लेखक

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले नुवाकोट केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभइ उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् ।



    शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उदघाटन गर्दै गृहमन्त्री लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताएका हुन् ।

    कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनको भनाइ थियो । ‘अहिलेको सरकार लोकतन्त्र, विधिको शासन र मानव अधिकारमा प्रतिबद्ध छ । संक्रमणकालीन न्याय सम्बन्ध कानुन बनाउँदा पनि हामीले मानवअधिकारको कुरालाई प्राथमिकता दिँदा आज कानुन पारित हुँदा संसारले स्वागत गरेको छ ।  त्यसले वर्तमान सरकार मानवअधिकारको विषय प्रतिबद्ध छ,’  उनले भने ।

    कारागारमा ठूलो संख्यामा मान्छे बस्ने भन्दै त्यसले आर्थिक गतिविधि बढाउने विश्वास व्यक्त गरे ।  ‘कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँको आर्थिक विकास हुन्छ,’लेखकले भने ।

    कारागार बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनको भनाइ थियो । ‘अहिलेको सरकार लोकतन्त्र, विधिको शासन र मानव अधिकारमा प्रतिबद्ध छ ।’

    कारागार भवन उद्घाटनका क्रममा बागमती प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले सम्पन्न गर्न बाँकी रहेका संरचनाको निर्माणमा सहयोगको प्रतिबद्धता जनाए। आधुनिक र सुविधा सम्पन्न कारागारका रूपमा स्थापित गर्ने लक्ष्यका साथ नुवाकोटमा सुरु गरिएको कारागारलाई संघ र प्रदेश सरकारको साझा अधिकारअन्तर्गत थप संरचना निर्माणलगायत प्रदेश सरकारले बहन गर्नुपर्ने दायित्वको जिम्मेवारी पूरा गर्ने मुख्यमन्त्री लामाको भनाइ छ ।

    २८ हजार कैदीबन्दी रहेकामा १२–१३ हजार क्षमताको कारागार मात्र रहेका भन्दै अब कैदीबन्दीको चाप घढ्ने गृहमन्त्री लेखकले बताए ।

    कार्यक्रममा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, महान्यायाधिवक्ता रमेश बडाल, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र सीता मिजार, निम्त गृह सचिव नारायणप्रसाद भट्टराईलगायतले सात हजार कैदीबन्दी क्षमतामा रहने केन्द्रीय काराकारलाई पूर्णता दिन बाँकी रहेका कामलाई यथाशक्य अघि बढाउन सुझाव दिए।


    फास्ट न्युज
  • शनिबार, १५ भाद्र २०८१
  • सम्बन्धित समाचार