काठमाडौं । काठमाण्डौको थापाथलीमा रहेको सुकुम्वासी बस्तीमा रहेकाहरूले सामान अन्यत्र सार्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरूले अहिले सामान सारिरहेका छन् ।
प्रहरीले हिजो बेलुकादेखि नै माइकिङ गरेर अतिक्रमित बस्तीबाट अन्यत्र सर्न अनुरोध गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले भोलि बिहान ६ बजेदेखि क्षेत्र खाली गरिने भन्दै त्यसअघि नै बस्ती छाड्न आग्रह गरेको हो ।यसैबीच सुकुम्वासी बस्ती खाली गराउने निर्णयविरुद्ध थापाथलीमा सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन भइरहेको छ । सुकुम्वासीले आफूहरूलाई न्याय दिनुपर्ने भन्दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया