logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • सी’ जातिको कानुनी मान्यताको माग राख्दै विप्लवका युवा सङ्गठनले बुझाए प्रधानमन्त्रीलाई ५ लाख हस्ताक्षर

    1.1KShares
    सी’ जातिको कानुनी मान्यताको माग राख्दै विप्लवका युवा सङ्गठनले बुझाए प्रधानमन्त्रीलाई ५ लाख हस्ताक्षर

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वको  नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपालले ‘सी’ जातिलाई कानुनी मान्यता  माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ५ लाख  हस्ताक्षर सहितको ज्ञापनपत्र बुझाएको छ ।
    बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगी सङ्गठनका केन्द्रीय अध्यक्ष दिनेश ‘सी’ सहितको टोलीले ज्ञापनपत्र बुझाएको हो । जेठ १५ देखि १८ गतेसम्म देशभर चलेको हस्ताक्षर अभियानबाट सङ्कलित ५ लाख भन्दा बढी हस्ताक्षरसहित ज्ञापनपत्र लिएर युवाहरूको टोली बालुवाटार पुगेको हो ।
    युवा सङ्गठनले बुझाएको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले जातीय व्यवस्था उन्मुलन गरेर सबै जातजाति भाषाभाषीहरुलाई कानुनी मान्यतासहित ‘सी’ जातिको निर्माण गर्ने विचार आफैमा अग्रगामी कम्युनिस्ट साम्यवादी विचार भएकोले यसलाई अगाडि बढाउन अनुरोध गरेका थिए।

    जवाफमा प्रधानमन्त्रीले कानुन संशोधन गरेर मात्रै यो प्रक्रिया अगाडि बढाउन मिल्ने भएकोले सबै एकजुट भएर अगाडि बढे मात्रै यो सम्भव हुने प्रतिक्रिया दिएको बुझिएको छ ।
    विप्लव नेकपाले महाधिवेशन पछि सी जातिको अवधारणा अगाडि सारेको थियो ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ २५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट