logo

२०८३ भाद्र ३ बुधबार

logo
  • २०८३ भाद्र ३ बुधबार
  • एमालेले भन्यो : चुनाव हुने विश्वासनीय आधार देखिएन

    1.2KShares
    एमालेले भन्यो : चुनाव हुने विश्वासनीय आधार देखिएन

    काठमाडौं। नेकपा (एमाले)ले आगामी फागुन २१ गते निर्वाचन हुन्छ भन्ने विश्वसनीय आधार सरकारले दिन नसकेको बताएको छ ।सोमबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन सम्बन्धि सर्वपक्षीय बैठकमा बोल्दै एमालेका सचिव महेश बस्नेतले आफ्नो पार्टीको तर्फबाट बोल्दै यस्तो बताएका हुन् ।

    बस्नेतले बैठकमा भने ‘निर्वाचन भयरहित हुनुपर्‍यो । निष्पक्ष हुनुपर्‍यो, धाँधलीरहित हुनुपर्‍यो । दलका नेतामाथि अहिले पनि स्थानहद लगाइएको छ । म नै हुँ ५-७ जिल्ला जाँदा ढुंगा खाएर आएको मान्छे । हामीले ढुंगा खाएबापत खुशीयाली मनाएकै छ । त्यसकारण चुनाव २१ गते हुन्छ भन्ने कुरामा हामी विश्वस्त छैनौं।’ दलका नेतामाथि स्थानहद लगाउने कुराले तोकिएको मितिमा निर्वाचन हुने विश्वास गर्न सकिने अवस्था नरहेको भन्दै दलको तर्फबाट बैठकमा प्रतिनिधित्व गरेका सचिव बस्नेतले बताए ।

    लोकतान्त्रिक पद्धति मिच्दै अध्यादेश ल्याएको प्रति पनि उनले आपत्ति जनाएका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष ७, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट