logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • आगामी निर्वाचनबाट एमालले सरकार बनाउने ओलीको दावी

    958Shares
    आगामी निर्वाचनबाट एमालले सरकार बनाउने ओलीको दावी

    काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनबाट आफ्नो पार्टी सरकारमा आउने दाबी गरेका छन् ।आगामी फागुन २१ गते निर्वाचन हुने निश्चित नभए पनि कुनै पनि बेला हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाइ थियो । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरू सो निर्वाचनको पर्खाइमा रहेको समेत उल्लेख गरे ।

    अध्यक्ष ओलीले एमालेलाई नदीसँग तुलना गर्दै सानातिना भाटा लगाएर निर्वाचनपछि सरकार बन्नबाट कसैले रोक्न नसक्ने बताए । ‘फागुन २१ मा चुनाव हुँदैन, हामीलाई थाहा छ । तर हामी चुनाव पर्खिरहेका छौँ । जहिले चुनाव हुन्छ, म सबैले सुन्नेगरी भन्न चाहन्छु–अबको चुनावबाट आउने सरकार नेकपा एमालेको हो । तिनै पुराना पार्टी आउने हो भनेर भन्छन् । अरु आउँछन् आउँदैनन् म जान्दिनँ तर एमाले आयो आयो,’ओलीले भने ।अध्यक्ष ओलीले वर्तमान सरकार असंवैधानिक भएकाले यसको वैधानिकतामाथि प्रश्न उठाउनुपरेको पनि दोहोर्‍याए ।



    फास्ट न्युज    
  • २०८२ मंसिर २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट