logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • भोली सूर्यग्रहण तर नेपालबाट देखिंदैन्

    1KShares
    भोली सूर्यग्रहण तर नेपालबाट देखिंदैन्

    काठमाडौं। नेपाल पञ्चांग निर्णायक विकास समितिले यही असोज ५ गते आइतबार लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यताअनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार सूर्यग्रहण लाग्ने भएकाले सोह्रश्राद्ध गर्ने कि नगर्ने रु सुतक कति बजेदेखि लाग्छ ? लगायत प्रश्न धेरै वैदिक सनातन हिन्दु धर्मावलम्बीले गरेकाले नेपालबाट नदेखिने ग्रहण बार्नु नपर्ने र यसको कुनै दोष पनि नलाग्ने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए ।

    नेपाली आकाशमा नदेखिने ग्रहण नेपालीले बार्नु नपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।आश्विन कृष्ण औँसीका दिन आइतबार लाग्ने सूर्यग्रहण न्युजिल्यान्ड, अस्ट्रेलिया, फिजी, टोंगा, अन्टार्टिकालगायत देशबाट मात्र देखिने जनाइएको छ ।



    फास्ट न्युज    
  • २०८२ आश्विन ५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट