काठमाडौं।काठमाडौंमा गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।काठमाडौं महानगरपालिका–३१ जडिबुटीको आकासे पुलनजिकै भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी सुनौल–१ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक पाचँकाल–२ होस्के घर भएका २३ वर्षका नितेश नेपाल रहेको प्रहरीले जनाएको छ ।
उनीहरूको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।राति २ : ५० बजे जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१,००६ ख ४२४३ नम्वरको अरनिको यातायातमा कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर बसमा ठोक्किएर दुर्घटना भएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया