logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

    886Shares
    सुनसहित त्रिभुवन विमानस्थलबाट महिला पक्राउ

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने धातुसहित एक महिला पक्राउ परेकी छन् । अवैध रुपमा लुकाइ छिपाइ भन्सार छली गरी लैजान लागेको सुनको रिङ १६ थान, टुक्रा ५ थान, सिक्री १ थान, औंठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम सुनसहित काठमाडौं महानगरपालिका–१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    उनको साथबाट प्रहरीले धातुका रिङ १६, सुनजस्तो देखिने धातुका टुक्रा पाँच, सिक्री एक, औँठी एक र बाला एकथान बरामद गरेको छ । करिब ९८ ग्राम तौलको सुनजस्तो देखिने धातु बरामद गरेको छ।

    आवश्यक अनुसन्धान र कारबाहीका लागि उनलाई प्रहरी वृत्त गौशालामा पठाइएको छ।



    फास्ट न्युज    
  • २०८१ माघ २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट