logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • अखिल क्रान्तिकारीको रोकिएको मतगणना अनिश्चित

    907Shares
    अखिल क्रान्तिकारीको रोकिएको मतगणना अनिश्चित

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा विवाद हुँदा काठमाडौंमा मतगणना सुरू हुन सकेको छैन।

    शनिबार मतदान सम्पन्न भएकामध्ये भूगोलका सात प्रदेशको गणना सकिइसकेको छ।
    तर गैरभूगोलका उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको गणना भने सुरू नै हुन सकेको छैन।

    काठमाडौंको भृकुटीमण्डपमा रहेको वाल्मीकि क्याम्पसमा दुई प्रदेशको मतदान भएको थियो। त्यहाँ ५२२ मत खसेको छ। मतदान सकिएर गणना सुरू गर्ने छलफल क्रममा भएको विवाद अहिलेसम्म समाधान नहुँदा तीन दिनदेखि मतपेटिका वाल्मीकिमा थन्किएको हो।
    मतदानमा मतदाताले प्रयोग गरेको मसीको कारण विवाद आएको हो।
    शनिबार मतगणना सुरू गर्न अध्यक्षका उम्मेदवार र प्रतिनिधिसँग निर्वाचन समितिले छलफल गरेको थियो। छलफल क्रममा सदर मत र बदर मत कस्तोलाई मान्ने भन्ने विषयमा प्रतिनिधिहरूबीच कुरा मिलेन।
    अध्यक्षमध्येका तीन प्रत्यासीहरूस हेमन्त राई, सुदिन पौडेल र उपदेश यादवका प्रतिनिधि एउटै मसी प्रयोग भएको मतपत्र मात्रै सदर गर्नुपर्ने पक्षमा थिए भने विजयप्रकाशका प्रतिनिधिहरूले रातोबाहेक एउटै मसीले रेजा लगाएका छन् भने त्यस्तोलाई पनि सदर गर्नुपर्ने अडान राखे।
    निर्वाचन समितिले दुवै पक्षसँग छुट्टाछुट्टै छलफल पनि गरेको थियो।
    अहिलेसम्म मतगणना गर्न सहमति नजुटेको अबस्था छ । प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले सहमति जुटेपछि मतगणना सुरू हुने बताए।

     



    फास्ट न्युज    
  • २०८१ माघ १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट