logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा सरकारले गरेका कामबारे समिक्षा गरिँदै

    853Shares
    राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा सरकारले गरेका कामबारे समिक्षा गरिँदै

    काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबिरुद्धको जनसंघर्षलाई शसक्त बनाउने जनाएको छ ।

    आजको बैठकमा वर्तमान समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ । साथै, पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल गरिने अध्यक्ष लिङ्देनले बताए ।

    उनले  ठूला दुई दल मिलेर बनेको  सरकारले  अहिलेसम्म के  के  गरेको छ त्यसको बारेमा समेत समिक्षा गरिने बताए ।

    कांग्रेस–एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जागृत गर्न नसकेको, निराशा पैदा भएको र अर्थतन्त्र समेत शिथिल हुदै गएको लिङ्देनले बताउनुभयो । उहाले सरकारले प्रजातन्त्रलाई समेत कमजोर बनाउने गरि संसदलाई छलेर अध्यादेशमार्फत मुलुक सञ्चालन गर्ने परिस्थीतिमा समेत बैठकमा समिक्षा हुने अध्यक्ष लिङ्देनले उल्लेख  गरेका हुन् ।

    त्यस्तै पार्टीको जिल्ला अधिवेशनको समिक्षा गर्दै तीव्रता दिन आवश्यक निर्देशन समेत बैठकले दिने राप्रपाले जनाएको छ । बैठक शनिबार सम्पन्न हुने बताइएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट