logo

२०८३ जेष्ठ २९ शुक्रबार

logo
  • २०८३ जेष्ठ २९ शुक्रबार
  • खोटाङको पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित भएको गुनासो

    979Shares
    खोटाङको पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित भएको गुनासो

    खोटाङ । खोटाङको पर्यटकीयस्थल मझुवागढीमा निर्माण गरिएको पदमार्ग मापदण्डविपरित रहको पाइएपछि आलोचना भएको छ । किराती ऐतिहासिकतासँग जोडिएको धार्मिक तथा पर्यटकीयस्थल खोटाङको मझुवागढी आवतजावत गर्ने पर्यटकका लागि निर्माण गरिएको पदमार्ग (ढुङ्गाको सिँढी) मापदण्ड विपरित भएको गुनासो छ । पुरातत्व विभागको बजेटबाट मझुवागढीमा निर्माण गरिएको पदमार्गको सिँढी मापदण्डविपरित सिमेन्ट र बालुवा प्रयोग गरेर बनाइएको भन्दै त्यसलाई भत्काएर पुनः मापदण्ड अनुसारको पदमार्ग निर्माण गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

    पुरातत्व विभागले आर्थिक वर्ष २०८०र०८१ मा रू १९ लाख ९७ हजार ३९२ को लागत अनुमान गरेपनि युनिक निर्माण सेवा खोटाङले रू ११ लाख ८४ हजार ५६० मा सम्पन्न गर्ने गरी ठेक्कामार्फत पदमार्गको सिँढी निर्माण गरेको थियो । पदमार्गको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन), बोलपत्र आह्वान र कार्य सम्पन्नको मूल्याङ्कन गरी भुक्तानीसमेत गरिसकिएको पुरातत्व विभाग योजना शाखाका अधिकृत पुरूषोत्तम आचार्यले केही सञ्चारमाध्यमलाई बताउनुभयो ।

    कालिका भगवती मन्दिर क्षेत्रदेखि मझुवागढीसम्म जाने पदमार्गको सिँढीमा सिमेन्ट प्रयोग गरिएकाले त्यसलाई भत्काएर पुनः निर्माण गर्नुपर्ने मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङको भनाइ छ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानाकारहरू बताउँछन् । समुद्री सतहबाट करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीबाट चारैतिरका गढी प्रस्ट देखिन्छ ।



    फास्ट न्युज    
  • २०८१ पुष १०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट