कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् । राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको मोटर शनिबार साँझ भारतको पलिया बजारनजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।
दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा पनि घाइते भएका छन् । धनगढीस्थित निसर्ग अस्पतालमा सबै घाइतेको उपचार जारी छ । राज्यमन्त्रीको अवस्था सामान्य छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर पर्किने क्रममा दुर्घटना भएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया