logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • हिटरको ग्यास लिक हुँदा धापासीमा एक घर जल्यो

    964Shares
    हिटरको ग्यास लिक हुँदा धापासीमा एक घर जल्यो

    काठमाडौं । काठमाडौँको टोखा नगरपालिका–६ स्थित धापासीको एक घरमा लागलागी भएको छ। घटनास्थलमा रहेकी टोखा नगरपालिका–६ की वडाध्यक्ष शान्ता खनालका अनुसार भाइकाजी श्रेष्ठको पक्की घरमा आगलागी भएको हो ।

    उनका अनुसार, आज साँझ ५ बजेको समयमा ग्यास लिक हुँदा आगलागी भएको थियो । ठूलो कम्पाउन्डमा घर भएको कारण अन्य घरमा भने क्षति नपुगेको वडाध्यक्ष पौडेलले बताए ।

    घरका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। ८ वटा दमकल, ८ वटा पानी ट्याङकरसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाका नगर प्रहरी, स्थानीय बासिले आगलागी नियन्त्रणमा लिएका छन्।



    फास्ट न्युज    
  • २०८१ पुष ४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट