logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना

    874Shares
    धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटना

    काठमाण्डौ |  धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटनामा भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान ग्यास बुलेट सडकबाट तल खसेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ। यद्यपि घाइते कोही पनि भेटिएको छैन। अहिले चालक र सहचालकको खोजी भइरहेको छ। सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ।
    सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

    ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।



    फास्ट न्युज    
  • २०८१ मंसिर २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट