logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेप्से परिसूचक ओरालो लाग्यो

    865Shares
    नेप्से परिसूचक ओरालो लाग्यो

    काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ८१ अंकले घटेर दुई हजार चार सय ८६ दशमलव ७६ विन्दुमा सीमित भएको छ ।

    यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अंकले ओरालो लागेर सात सय ४७.४५ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये दुईवटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ। कुल एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर रु. चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० मूल्यमा खरिद बिक्री भएको छ।

    नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९.८५, बोटलर्स नेपाल बालाजु ५, एसबिएल डिवेञ्चर ५.०५, एनआइसी एसिया डिवेञ्चर ४.५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले ४.०३ प्रतिशतले कमाएका छन् ।

    ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७.६९, अपि पावर कम्पनी ७.४६, थ्री स्टार हाइड्रोपावर ६.७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले ६.६७ प्रतिशतले गुमाएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट