logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • ४६ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

    976Shares
    ४६ अंकले बढ्यो नेप्से, ६ अर्बको कारोबार

    काठमाडौँ|  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ४६.६९ अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक १.७६ प्रतिशतले बढेर २६९२.०५ को विन्दुमा कायम भएको हो।

    मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। यस दिन ३१९ कम्पनीको एक करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर ६८ हजार ६१४ पटक खरिद बिक्री हुँदा ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। सोमबार पाँच अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

    त्यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ अंकले वृद्धि भई ४८१.२८ को विन्दुमा कायम भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा मंगलबार वृद्धि भएको छ।

    त्यस्तै हिमालयन एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर, कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य नौ दशमलव ९८ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नौ दशमलव १८ प्रतिशतले बढेको छ ।

    आजको कारोबारमा सेन्ट्रल फाइनान्सको शेयर मूल्य एक दशमलव ८८ प्रतिशत, लाइफ इन्सोरेन्स कर्पाेरेशन लिमिटेडको एक दशमलव ५७, गुडविल फाइनान्स एक दशमलव २३, हिमालयन लघुवित्त वित्तीय संस्थाको एक दशमलव १२ र आइसीएफसी फाइनान्सको शेयरमूल्य एक दशमलव ०८ प्रतिशतले घटेको छ ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक १३, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट