logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • नेप्से र कारोबार रकम दुबै घट्यो

    नेप्से र कारोबार रकम दुबै घट्यो

    481
    SHARES
    नेप्से र कारोबार रकम दुबै घट्यो

    काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३६.८३ अंक घटेको छ । सेयर बजारसँगै कारोबार रकम थप खुम्चिएको छ । अघिल्लो दिन १३ अर्ब ७२ करोडको कारोबार भएकोमा आज १२ अर्ब २४ करोडमा खुम्चियो ।



    यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आठ दशमलव ३५ अङ्कले ओरालो लागेर चार सय ८९ दशमलव ७९ मा ओर्लेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा एक उपसमूहको मात्रै उकालो लागेको छ ।

    कूल दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथरी बखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

    रसुवागढी हाइड्रोपावर नौ दशमलव ९९, मिड सोलु हाइड्रोपावर आठ दशमलव ४८, मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ८९ र पिपल्स हाइड्रोपावरका लगानीकर्ताले सात दशमलव ६२ प्रतिशतले कमाएका छन् ।

    यस्तै थ्री स्टार हाइड्रोपावर १०, विन नेपाल लघुवित्त पाँच दशमलव ८४, एनआरएन इन्फास्ट्रक्चर पाँच दशमलव शुन्य आठ, तारागाउँ रिजेन्सी होटल चार दशमलव ९९ र नाडेप लघुवित्तका लगानीकर्ताले चार दशमलव ७८ प्रतिशतले गुमाएका छन् ।


    फास्ट न्युज
  • बिहिबार, १३ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट