logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

    871Shares
    इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं। हनी ट्र्याप प्रकरणमा ललितपुरको भैँसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रमुख बिनुकुमारी शाहीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

    ललितपुर प्रहरी प्रमुख शेखर खनालले पक्राउ पुर्जी जारी भएको पुष्टि गर्नु भयो ।उहाले पक्राउ पुर्जी कहिले जारी भएको भने बताउनु चाहनु भएन स्रोतका अनुसार दशैँ अगावै पक्राउ पुर्जी जारी भएको थियो।पक्राउ पुर्जी जारी भएकाले अब शाहीलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउने बाटो खुलेको एसएसपी खनालले बताउनु भयो ।यो प्रकरणमा एक जना सहायक हवलदारसहित ४ जना पक्राउ परेका छन्। ती सहायक हवलदार भैँसेपाटी वृत्तमै कार्यरत थिए।हनी ट्र्यापको घटनामा बलात्कारको कसुर लगाएर फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले पीडित भनिएका व्यक्तिसँग ३० लाख रुपैयाँमा डिल गरेको आरोप लागेको छ। पीडितले नै प्रहरीलाई भनेपछि घटनाबाहिर आएको थियो।प्रहरीले हनी ट्र्यापमा संलग्न युवतीसहित ३ जनालाई पक्राउ गरिसकेको छ।घटना बाहिर आएपछि इन्स्पेक्टर शाहीलाई जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको थियो। त्यहीँ रहँदा उनी निलम्बनमा परेकी थिइन्।शाही निलम्बनमा रहेकाले उनी कहाँ छिन् भन्नेबारे थाहा नभएको जवाफ प्रहरीले दिइरहेको छ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ३०, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट