logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • पूर्वीनाकाबाट ई–रिक्सा आयातमा वृद्धि

    पूर्वीनाकाबाट ई–रिक्सा आयातमा वृद्धि

    494
    SHARES
    पूर्वीनाकाबाट ई–रिक्सा आयातमा वृद्धि

    झापा। पूर्वीनाका काँकडभिट्टाबाट विद्युतीय रिक्सा (ई-रिक्सा)को आयात वर्षेनी बढिरहदा परम्परागत पाइडल रिक्सा लोप भएका छन् । पाँच वर्षमा रु। ८९ करोड ४३ लाख ३६ हजार १६१ मूल्य बराबरको १० हजार १६४ वटा ई–रिक्सा आयात भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले बताउनुभयो ।



    उहाँका अनुसार आर्थिक वर्ष २०८०र८१ मा रु। ४१ करोड २० लाख ३९ हजार ९५९ मूल्य बराबरको चार हजार ६४५ ई–रिक्सा पूर्वीनाकाबाट भित्रिएको छ । यसअघिको आव २०७९र ८० को तुलनामा उक्त आयात दोब्बरभन्दा बढी हो । आव २०७९र८० मा रु। १६ करोड ७१ लाख १९ हजार दुईसय १३ मूल्य बराबरको एक हजार ८५९ ई–रिक्सा आयात भएको थियो । ई–रिक्साको आयात महसुल वापत मेची भन्सार कार्यालयले बिगत पाँच वर्षमा रु। ३१ करोड ३७ लाख ३२९ राजस्व असुली गरेको भन्सारले जनाएको छ ।

    आव २०७६र७७ मा यही नाकाबाट रु। आठ करोड ८१ लाख ५१ हजार ८४० मूल्य बराबरको एक हजार ३२ वटा ई–रिक्सा आयात भएको थियो भने आव २०७७र७८ मा रु। आठ करोड ७२ लाख सात हजार ९९९ मूल्य बराबरको एक हजार ११५ आयात भएको थियो । तथ्यांकले ई–रिक्साको आयात वर्षेनी निरन्तर बढेको देखाउँछ । आव २०७८र ७९ मा रु। १३ करोड ९८ लाख १७ हजार १५० मूल्य बराबरको एक हजार ५१३ वटा ई–रिक्सा काँकडभिट्टास्थित भन्सार भएर आयात भएको थियो ।
    विगत पाँच वर्षयता झापाको सहर बजारमा विद्युतीय रिक्साले छोटो दूरीको सवारीमा एकछत्र सेवा पुर्याउँदै आएको छ । विद्युतीय रिक्सा भित्रिएपछि परम्परागत पाइडल रिक्सा लोप भइसकेका छन् । विद्युतीय रिक्सा व्याट्रीबाट चल्ने हुँदा यसलाई घरमै रिचार्ज गरेर चलाउन सकिन्छ भने चालकलाई यसले थप सुविधाजनक तुल्याएको छ ।

    बिगतमा परम्परागत रिक्सा चलाउनेहरुले अहिले ई–रिक्सा खरिद गरेर गुजारा चलाउन थालिसकेका छन् । यसैबीच, पूर्वीनाका काँकडभिट्टा हुँदै बिगत पाँच वर्षमा रु। दुई करोड ४० लाख १३ हजार २४७ मूल्य बराबरको १४५ वटा तीन पांग्रे स्कुटर भन्सार महसुल छुटमा आयात भएको छ ।

    मेची भन्सार कार्यालयबाट प्राप्त तथ्यांक अनुसार फरक क्षमता भएका शारीरिक अशक्त व्यक्तिहरुले प्रयोग गर्ने तीन पांग्रे स्कुटर भन्सार छुटमा आयात गर्दा प्रज्ञापन पत्र वापत रु। पाँच सय र मूल्य अभिवृद्धि करवापत रु। ६५ मात्र महसुल बुझाउनु पर्दछ ।


    फास्ट न्युज
  • शुक्रबार, ७ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट