logo

२०८३ आश्विन २३ शुक्रबार

logo
  • २०८३ आश्विन २३ शुक्रबार
  • एआइजी ज्ञवाली माथि छानबिन हुँदै,टेक प्रसाद राईको नेतृत्वमा बन्यो समिति

    1.1KShares
    एआइजी ज्ञवाली माथि छानबिन हुँदै,टेक प्रसाद राईको नेतृत्वमा बन्यो समिति

    नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिन शुरु भएको छ । आर्थिक प्रशासन हेर्ने एआइजी टेकप्रसाद राईको संयोजकत्वमा गठित पाँच सदस्यीय टोलीमा एक जना इञ्जिनियरलाई पनि यसै प्रयोजनार्थ सामेल गरिएको  छ ।
    अन्य सदस्यमा हेडक्वार्टरस्थित अपराध अनुसन्धान विभागका एसएसपी नवीन राई,उजुरी छानबिनका एसपी प्रकाश मल्ल,कानुन हेर्ने डिएसपी रुकबहादुर खड्का र इन्जिनियर डिएसपी मुकेश तिवारी छन् । तिवारीलाई सम्भावित जिन्सी सामान घोटालाको आशंकामा छानबिनका लागि राखिएको स्रोतको दाबी छ । प्रहरीमा सिभिल र कम्प्युटर गरेर दुईथरि इञ्जिनियर हुन्छन् ।

    इञ्जिनियर राख्नुको मतलब  सिआइबी प्रमुख भएलगत्तै बढोत्तरी भएको जिन्सी र नगद घोटालाको मूल्यांकन गराउनु रहेको स्वतः अनुमान लगाउन सकिन्छ । ज्ञवालीमाथि पछिल्लो राजनीतिक खेलोफड्कोको मौकामा पदीय मर्यादाको दुरुपयोग गरेको र चेन अफ कमाण्ड तोडेको आरोप लागेको छ ।
    रवि लामिछाने गृहमन्त्री बनेसङ्गै एकाएक केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख बनाइएका उनी र उनको सचिवालयमाथि यसबीच प्रहरी मुख्यालयमा दर्जनौं उजुरी परेको बताइन्छ ।
    गत फागुनमा लामिछानेले सुन काण्डको थप प्रभावकारी अनुसन्धान गर्ने भन्दै ज्ञवालीलाई त्यहाँ लगेका थिए । ज्ञवालीमाथि विभिन्न बैंकका कर्जा काण्ड मिलाउने,एलओडी डिस्कोको नावालिका करणी,बालमन्दिरको जग्गा घोटाला,सेन्चुरी बैंकको ठगीलगायत विभिन्न प्रकरणमा लेनदेन गरेकोसमेत उजुरी छ ।



    फास्ट न्युज    
  • २०८१ श्रावण १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट