logo

२०८२ माघ २५ आईतवार

logo
  • २०८२ माघ २५ आईतवार
  • यमनमा इजरायलको हवाइ आक्रमण, धनजनकाे क्षति

    880Shares
    यमनमा इजरायलको हवाइ आक्रमण, धनजनकाे क्षति

    अभिव।हुथी विद्रोहीले इजरायलको राजधानी तेल अभिवमा ड्रोन आक्रमण गरेको एक दिनपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ । हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले लाल सागर क्षेत्रमा रहेको तेल भन्डारण र त्यसको नजिकै रहेको ऊर्जा केन्द्रमा हवाइ आक्रमण गरेको बीबीसीले जनाएको छ ।

    इजरायली आक्रमणमा तीन जनाको ज्यान गएको र ८० जनाभन्दा धेरै घाइते भएका हुथी विद्रोही समूह समर्थित संचारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। हुथी अधिकारी मोहम्मद अब्दुल सलामले इजरायलको बर्बर आक्रमण भन्दै यसको जवाफ दिने चेतावनी दिनुभएको छ ।

    इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले आफ्नो देशले हुथी आन्दोलनकारीलाई सन्देश दिन मात्रै चाहेको भन्दै हुथीले थप आक्रमण गरे कडा जवाफ दिने बताउनुभएको छ । हुथीले गाजामा प्यालेष्टाइनीलाई समर्थन गरिरहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ श्रावण ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट