logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै, कांग्रेस-एमालेको पक्षमा बहुमत निश्चित

    प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै, कांग्रेस-एमालेको पक्षमा बहुमत निश्चित

    676
    SHARES
    प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै, कांग्रेस-एमालेको पक्षमा बहुमत निश्चित

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले १८ महिनामा पाँचौँपटक विश्वासको मत लिन लागेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । ति मध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको हो ।

    प्रचण्डले आज बस्ने प्रतिनिधिसभा बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिन लागेका हुन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेले यही असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठूला दलले आलोपालो सरकारको नेतृत्व लिनेगरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।

     


    फास्ट न्युज
  • शुक्रबार, २८ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट