logo

२०८२ जेष्ठ ४ शनिबार

logo
  • शनिबार, ४ जेष्ठ २०८२
  • बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन

    बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन

    871
    SHARES
    बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन

    काठमाण्डौ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो त्यही उद्देश्यअनुसार सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।



    उहाँले चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई अध्ययन बिदा, असाधारण बिदा, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्व बिदाजस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गएर काम गर्नेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने बताउनुभयो ।

    आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवम् पेसागत अनुशासनमा रही काम गर्न सचिव बुर्लाकोटीद्वारा जारी निर्देशनमा उल्लेख छ । केहीले विदेशमा समेत गई काम गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरि गैरजिम्मेवारीपूर्ण काम गरेकाले प्रचलित कानुनअनुदार हदैसम्मको कारबाही गरी स्वीकृत गरेको बिदा रद्द गर्न विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएको सचिव बुर्लाकोटीले उल्लेख गर्नुभएको छ ।

    बिदाको उद्देश्य विपरीत निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सम्बन्धित निकायले स्वीकृत गरेको बिदा रद्द हुनुका साथै नेपाल स्वास्थ्य सेवा ऐन र नेपाल स्वास्थ्य सेवा नियमावली तथा सेवा सञ्चालनसम्बन्धी प्रचलित कानुनअनुसार हदैसम्मको कारबाही हुने र यसप्रति सम्बन्धित व्यक्ति स्वयम् जिम्मेवार हुनुपर्ने सचिव बुर्लाकोटीले बताउनुभयो ।

    यस्तै मन्त्रालयले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवम् कर्मचारीले बिदा लिएर वा कार्यालयको काम छाडेर निजीमा काम गरेको देखिएमा जानकारी गराउनसमेत आग्रह गरेको छ ।


    फास्ट न्युज
  • मंगलबार, २५ बैशाख २०८१
  • सम्बन्धित समाचार