logo

२०८१ माघ ५ शनिबार

logo
  • शनिबार, ५ माघ २०८१
  • नेपाल शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

    नेपाल शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

    1.2K
    SHARES
    नेपाल शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

    काठमाडौँ, १० वैशाख । नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ ।



    महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो ।

    महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाउनुभयो ।

    महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि सङ्गठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गर्नुभयो ।


    फास्ट न्युज
  • सोमबार, १० बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट