काठमाडौं। उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा समापन गरिएको छ । शुक्रबार बिहान व्रतालुहरूले पानीमा उभिएर उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् ।

मंगलबारदेखि विधिवत रूपमा सुरु भएको छठको पहिलो दिन ‘नहाय खाए’ गरिएको थियो ।छठको दोस्रो दिन बुधबार दिनभर उपवास बसी राति खीर बनाइ देउतालाई चढाएर ब्रतालुहरू खरना गरेका थिए । त्यस्तै, छठको मूल दिन बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइएको थियो भने आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिइ छठ पर्वको विधिवत् रूपमा समापन गरिएको छ ।

© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया