logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार ९.१९ अंकले घटे

    922Shares
    नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार ९.१९ अंकले घटे

    काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार ९.१९ अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक ०.३४ प्रतिशतले घटेर २६१७.९५ विन्दुमा बन्द भएको हो ।

    लाइफ इन्स्योरेन्स कर्पोरेट लिमिटेड, रिभर फल्स पावर लिमिटेड र माईखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । नेपाल एसबीआई बैंक लिमिटेडको सेयर मूल्य ६.७९ प्रतिशतले घटेको छ ।

    कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

    आइतबार चार अर्ब ७३ करोड २४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । गएको साताको बिहीबार पाँच अर्ब ४१ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक ११, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट