logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीलाई अमेरिकी अवार्ड

    907Shares
    नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीलाई अमेरिकी अवार्ड

    अमेरिका |  नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरी ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनशिप’ अवार्डबाट अमेरिकामा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चौधरीसहित ६ वटा देशका सामाजिक अभियन्तालाई अवार्ड प्रदान गर्नुभएको हो ।

    स्टेट डिापर्टमेन्टले सार्वजनिक गरेको विवरणमा चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुगेकी थिइन् । उनलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आएकी छन् ।चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र शोषणको लागि काम गर्दै आएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट