logo

२०८३ बैशाख २४ बिहीबार

logo
  • २०८३ बैशाख २४ बिहीबार
  • अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

    976Shares
    अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

    काठमाडौँ ।  कात्तिक १६ गते अनिवार्य अवकाशमा जान लागेकी डीआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस भएकी छन्। बढुवा सिफारिस समितिले सिनियर दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई पन्छाउँदै आइतबार राणालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।आइतबार साँझ बसेको बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

    केन्द्रीय अनुसन्धान ब्यूरोमा दरबन्दी भएर विमानस्थलको सुरक्षा प्रमुखमा कार्यरत राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण ११ दिनपछि अनिवार्य अवकाशमा  जान लागेकी छन् । प्रहरी नियमावली–२०७१ अनुसार डीआईजी तथा एआईजीहरू ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट