logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • यू-१९ महिला टी-२० विश्वकप छनोट : तेस्रो चरणको बन्द प्रशिक्षणका लागि १८ खेलाडी बोलाइए

    922Shares
    यू-१९ महिला टी-२० विश्वकप छनोट : तेस्रो चरणको बन्द प्रशिक्षणका लागि १८ खेलाडी बोलाइए

    काठमाडौं । यू-१९ वुमन्स टी-२० वर्ल्ड कप क्रिकेट एशिया क्वालिफायरको तयारीका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

     

    नेपाल क्रिकेट संघ (क्यान)ले बन्द प्रशिक्षणका लागि १८ खेलाडी छनोट गरेको हो । तेस्रो चरणको बन्द प्रशिक्षण ३० असोज २०८१ देखि भैरहवामा हुने क्यानले जनाएको छ ।

     

    छनौट भएका खेलाडीमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार,सना प्रविन, पुजा महतो, सावित्री धामी, कृश्मा गुरुङ र ज्योत्स्निका मरासिनी रहेका छन् ।

     

    छनोट भएका अन्य खेलाडीमा स्नेहा महरा, सोनि पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर र रन्जु श्रेष्ठ रहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट