मन्त्री यादवले स्थानीय विकास र बाढीपीडितहरूको समस्याको समाधान गर्दै काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ र सफा पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं ।आजदेखि मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ। मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमबार भएको वार्तामा काठमाडौंमा मेलम्चीको पानी पठाउने सहमति भएको हो।
मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने जनाएको हो । गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको थियो । सरकारले चैत मसान्तभित्र पानी काठमाडौँ ल्याउने घोषणा गरेको थियो |
छलफलका क्रममा हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरूले देखाएको सकारात्मक सहयोग र सहकार्यप्रति मन्त्री यादवले आभार व्यक्त गरेका थिए ।
मन्त्री यादवले स्थानीय विकास र बाढीपीडितहरूको समस्याको समाधान गर्दै काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ र सफा पानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया