काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरुले बाढी प्रभावितलाई १५ दिनको तलव सहयोग गर्ने भएका छन् ।हेटौंडामा शनिबार बसेको मन्त्रीहरुको बैठकले विपद् प्रभावित नागरिकहरुका लागि १५ दिनको तलब प्रदेश विपद् कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
विपद् प्रभावित नागरिकको उद्धार राहत तथा पुनः स्थापनाको लागि उक्त रकम खर्च गरिने प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो । प्रदेश विपद् कोषमा १३ मन्त्रीको १५ दिनको तलब बापत ४ लाख २७ हजार रुपैयाँ जम्मा हुनेछ । जस अनुसार विपद् कोषमा मन्त्रीहरुले प्राप्त गदै आएको ६० हजार रुपैयाँको आधा रकम (३० हजार १६० रुपैयाँ) र मुख्यमन्त्रीले लिँदै आएको ७० हजार रुपैयाँको आधा रकम ३५ हजार रुपैयाँ जम्मा हुनेछ ।
बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको हो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया