logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • तरुण दल केन्द्रीय समितिले त्रि-चन्द्र क्याम्पसमा बृहत् रक्तदान कार्यक्रम गर्दै

    1.3KShares
    तरुण दल केन्द्रीय समितिले त्रि-चन्द्र क्याम्पसमा बृहत् रक्तदान कार्यक्रम गर्दै

    काठमाडौं । नेपाल तरुण दल केन्द्रीय समितिले बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भर्खरैको बाढी, पहिरो र डुबानका कारण ठूलो संख्यामा घाइते भएका नागरिकहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले तरुण दलले बृहत् रक्तदान आयोजना गरेको केन्द्रीय सदस्य सरोज न्यौपानेले फास्ट न्यूज सेभन डटकमलाई जानकारी दिनुभयो ।

    केहि दिनअघि मुलुकभर परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण ठूलो संख्यामा नागरिकहरु घाइते भएका छन् । यसर्थ घाइते नागरिकलाई मध्येनजर गर्दै आइतबार बिहान ८ बजे त्रि-चन्द्र क्याम्पसको प्राङ्गणमा आयोजना गरिएको हो ।

    रक्तदानमा सहभागी हुनाका लागि तरुण दलका केन्द्रीय समितिका सदस्यहरु, जिल्ला अध्यक्षहरु, मातहतका तरुण नेता-कार्यकर्ता, विद्यार्थी एवं इच्छुक व्यक्तिहरूमा एक सूचना जारी गर्दै आग्रह गरिएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार