विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।
काठमाडौं। नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को महाधिवेशनमा भद्रगोल भएको छ। गत बिहीबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन। संगठनमा उमेर हदको विवाद चुलिएपछि महाधिवेशननै अन्योलमा परेको हो।
असोज १० गते उद्घाटन भएको सम्मेलन उमेर हदको विषयमा विवाद बढेपछि अन्योलमा रहेको छ ।विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ । बन्दसत्र असोज १७ गते बिहान १० बजे पुन: सञ्चालन गरिने अखिल क्रान्तिकारीको अध्यक्ष मण्डलले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उमेर हदको विवादमा आपसमा कुर्सि हानाहानको अवस्था सिर्जना भएको थियो। अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारी गरेको छ। अब महाधिवेशन हलले उमेर हदको विवाद टुंगाउन नसकेपछि पार्टीले आज निर्णय लिन लागेको बताइएको छ। क्रान्तिकारीको महाधिवेशन बारे निर्णय लिन अध्यक्ष पुष्प कमल दाहालले आज आफ्नै निवासमा पदाधिकारीसँग छलफल गरिरहेको बताइएको छ। पार्टीले आज उमेर हदको विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया शुरु गर्नसक्ने बताइएको छ।
विवाद मिलाउन माओवादी केन्द्रले पार्टीका उपमहासचिव शक्ति बस्नेतलाई खटाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd