logo

२०८३ असार ३ बुधबार

logo
  • २०८३ असार ३ बुधबार
  • दीप दर्पणको ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

    964Shares
    दीप दर्पणको  ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचन

    काठमाडौँ। कवि दीप दर्पणको पहिलो कविता संग्रह ‘एक्लो पृथ्वी एक्लो मान्छे’ विमोचित भएको छ ।

    मंगलवार काठमाडौँमा एक कार्यक्रमकाबिच ५२ वटा कविता समेटिएको कविता संग्रह सार्वजनिक गरिएको हो ।

    कवि श्रवण मुकारुङ, समालोचक राजकुमार बानियाँ, कवि ज्योती जंगल र लेखक दीप दर्पणले सामूहिक रुपमा कविता संग्रहको विमोचन गरेका हुन् ।

    कविता संग्रहमा निम्न मध्यम वर्गीय नेपालीले भोगेका यथार्थपरक विषयवस्तुलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । विमोचन कार्यक्रममा बोल्दै कवि तथा गीतकार श्रवण मुकारुङले कविता संग्रहले समाजको यथार्थतालाई मार्मिक ढंगले प्रस्तुत गरिएको बताए ।

    समालोचक राजकुमार बानियाँले आफू कविताको भोको रहेको चर्चा गर्दै आफूले अध्ययन गर्न चाहेको कविताहरुमध्ये दीप दर्पणको कविता संग्रह पनि परको बताए ।

    ती जंगलले संग्रहका हरेक कविताले कुनै न कुनै कथानक बोकेको चर्चा गर्दै कविले निम्न वर्गीय मर्मलाई चित्रण गरेको बताए ।  साहित्यमा विशेष रुची रहेका उनले फुटकर कविताहरु  पाठकसामु ल्याइरहने गरे पनि संग्रहको रुपमा उनको यो पहिलो कृति हो ।

    प्रकाशक सांग्रिला बुक्स रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट