logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • दिक्तेल क्याम्पसमा नेविसंघको चाडपर्व विशेष कार्यक्रम, नृत्य र भलिबल आकर्षण

    1.6KShares
    दिक्तेल क्याम्पसमा नेविसंघको चाडपर्व विशेष कार्यक्रम, नृत्य र भलिबल आकर्षण

    दिक्तेल । नेपाल विद्यार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाइ समितिले सोमबार वडादशैं तथा दिपावलीको अवसरमा अतिरिक्त क्रियाकलापका साथमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । एकल नृत्य र भलिबल प्रतियोगिता आयोजनाले शुभकामना आदानप्रदान थप रोचक भएको थियो ।

    कार्यक्रमको प्रमुख अतिथि नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष एवम् हाल खोटाङको प्रदेश क्षेत्र नं. ‘ख’ का क्षेत्रीय सभापति दिनेशकुमार घिमिरेले चाडपर्वले नेपालीहरुलाई एकताको मालामा गाँसेको जनाउनु भयो । उहाँले नेपालीका दशै-तिहार जस्ता चाडले सामाजिक सद्भाव र एकताको सन्देश दिएको बताउनु भयो । यस्तै कार्यक्रमको विशेष अतिथि क्याम्पस प्रमुख हिराकुमार राई र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष मोतिचन्द्र राइले शुभकामना दिनुहुँदै चाडपर्व नेपाली समाजको पहिचान भएको जनाउनु भयो ।

    कार्यक्रमका अतिथिहरुहरुमा सम्पूर्ण शिक्षकहरु र विभिन्न भातृ संगठनका प्रतिनिधिहरु रहेका थिए । कार्यक्रममा सम्पूर्ण शिक्षकहरुको तर्फबाट क्याम्पस प्रमुख राईले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । नेविसंघकी क्याम्पस समिति उपाध्यक्ष स्मृती राईले स्वागत भाषण गर्नु भएको थियो ।

    यस्तै शुभकामना आदानप्रदानसँगै आयोजना गरिएको एकल नृत्य प्रतियोगितामा ओजस्वी भट्टराई प्रथम, मनिषा राई द्वितीय र सुनिता राईले तेस्रो स्थान हासिल गरे । यस्तै लक्ष्मी राईले सान्त्वना पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा जित हासिल गर्नेहरुलाई हौसलास्वरुप प्रमाणपत्र र नगद प्रदान गरिएको थियो ।

    यसैगरी भलिबलतर्फ ‘टीम ए प्लस टु’ ले प्रथम स्थान, ’टिम बीएड’ ले दोस्रो स्थान र ’टिम बी प्लस टु‘ ले सान्त्वना पुरस्कार प्राप्त गरे । उक्त विजेता समूहलाई पनि प्रमाणपत्र र नगदले सम्मान गरिएको थियो ।

    कार्यक्रममा विगत ३० वर्षदेखि सहायक कर्मचारीका रुपमा सेवा पुर्याउनु भएका युवराज राईलाई सम्मानपूर्वक विदाइ गरिएको थियो ।  कार्यक्रम क्याम्पस समितिका अध्यक्ष सोनाम हाङ राईको सभापतित्वमा भएको थियो ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट