logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • अविरल वर्षा र बाढीका कारण उपत्यकामा ३२ को मृत्यु, १२ जना बेपत्ता

    910Shares
    अविरल वर्षा र बाढीका कारण उपत्यकामा ३२ को मृत्यु, १२ जना बेपत्ता

    काठमाडौँ।अविरल वर्षा र बाढीका कारण काठमाडौं उपत्यकामा ३२ जनाको मृत्यु भएको छ। १२ जना बेपत्ता भएका छन् ।

    काठमाडौंमा १० जना घाइते हुँदा ५८९ जनाको उद्धार गरिएको छ । ललितपुरमा ५ जना घाइते हुँदा ४१६ जनाको उद्धार गरिएको गृहमन्त्रालयको भनाइ छ ।  भक्तपुरमा २ जना घाइते हुँदा ४८ जनाको उद्धार गरिएको छ ।  उद्धारका लागि ४ हजार ५१० जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

    प्रहरीका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना घाइते भएका छन् ।

    तीन जिल्लामा गरी एक हजार ५३ जनालाई प्रहरीले उद्दार गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा गरी चार हजार ५१० जना प्रहरी उपत्यकामा खटिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट