logo

२०८३ श्रावण २० बुधबार

logo
  • २०८३ श्रावण २० बुधबार
  • डा.खनालको उपन्यास ‘सावर्णि’ सार्वजनिक

    1KShares
    डा.खनालको उपन्यास ‘सावर्णि’ सार्वजनिक

    काठमाडौं । डा.श्रीधर खनालको एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ एक समारोहका बीच सार्वजनिक भएको छ । उक्त कृति प्रा.डा.अभि सुवेदी, डा.रवीन्द्र समीर, सगुना शाह र कृतिकार खनालले उपन्यास संयुक्त रूपमा लोकार्पण गरे । प्राध्यापक अभी सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लाोकार्पण गरे। लोकार्पण कार्यक्रममा बोल्डै डा. समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश गर्न लागेको बताए।

    यही विषयलाई डा. खनालले मीठो भाषा शैलीमा लेखेको डा. समिरले बताए। उनले यो उपन्यास चिकित्सकले लेखेजस्तो नलाग्ने समेत बताए। उनले भने, ‘यो पुस्तक राम्रो लेखकले नै लेखेजस्तो छ।’

    बालरोग विशेषज्ञ डा. खनालको यो साइन्स फिक्सन बुकहिलले प्रकाशनमा ल्याएको हो ।मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक सुवेदीले भने, ‘यो उपन्यासले आशाको संकेत गर्छ । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको छ ।’



    फास्ट न्युज    
  • २०८१ आश्विन ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट