logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला

    895Shares
    अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला

    काठमाडौं  ।दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले व्यवसायीका मागका सम्बन्धमा सातबुँदे निर्णय गरेको छ ।

    बैठकले सडक विभाग अन्तर्गतका सबै सडक घटस्थापना अगावै मर्मतसम्भार गर्न निर्देशन समेत गरेको छ । बिपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र सञ्चालन गर्न र रात्रि सवारी सञ्चालन रोक्न गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्ने र विभागले त्यसको अनुगमन गरी यातायात मन्त्रालयलाई रिपोर्ट गर्ने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिएका छन्   ।

    सवारीसाधनको यान्त्रिक परीक्षण गरी गन्तव्यमा जान सहज व्यस्थापन गरिने भएको छ । वैज्ञानिक भाडा समायोजन विगत तीन वर्षदेखि नभएकाले छठ पर्वको एक हप्तापछि समायोजन गरिने पनि निर्णय भएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ६, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट