logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • मधेस प्रदेशमा नेपाली सेनाले बनायो गल्फ मैदान

    940Shares
    मधेस प्रदेशमा नेपाली सेनाले बनायो गल्फ मैदान

    महोत्तरी, ५ असोजः मधेस प्रदेशमा गल्फ मैदान ९कोर्स० तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले  शनिबार आयोजित एक कार्यक्रममा उद्घाटन गर्नुभयो । त्यस अवसरमा आयोजित गैरव्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।

    उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो । प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले पदक प्रदान गर्नुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन ५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट