logo

२०८३ जेष्ठ २३ शनिबार

logo
  • २०८३ जेष्ठ २३ शनिबार
  • एन्फा महिला लिग फुटबलमा संकटाविरुद्ध एपिएफकाे ३-० को जित

    934Shares
    एन्फा महिला लिग फुटबलमा संकटाविरुद्ध एपिएफकाे ३-० को जित

    काठमाडौँ ।  एन्फा महिला लिग फुटबल प्रतियोगितामा संकटा क्लबलाई विभागीय टोली नेपाल एपिएफले हराएको छ ।
    सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा मंगलबार भएको खेलमा एपिएफले संकटाविरुद्ध ३-० को जित निकालेको हो । यो जितसँगै छ खेलमा १६ अङ्क जोडेको एपिएफ शीर्षस्थानमा छ ।
    प्रतियोगिता संकटा समान छ खेलबाट पाँच अङ्कका साथ सातौँ स्थानमा छ । एपिएफको जितमा सरु लिम्बू, अनिता केसी र सविता रानामगरले समान एक–एक गोल गरे । खेलको १३औँ मिनेटमा सरुको गोलमार्फत एपिएफले अग्रता लिएको थियो । खेलको ५०औँ मिनेटमा अनिताले अर्को गोल गरेर टिमको हौसला बढाइन् ।
    खेलको  ६४औँ मिनेटमा सविताले गोल गर्दै एपिएफलाई सहज जित दिलाइन् । एन्फाको आयोजनामा जारी लिगमा १० टोलीबीच स्पर्धा हुँदैछ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट