logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • एक वर्षमा अख्तियारद्वारा भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा दायर

    1.1KShares
    एक वर्षमा अख्तियारद्वारा भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षमा भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार, गत आर्थिक वर्ष २०८०र८१ मा भ्रष्टाचारसम्बन्धी उक्त संख्यामा मुद्दा दायर गरिएको हो ।

    दायर गरिएका मुद्दामा एक हजार ५४५ जनालाई प्रतिवादी बनाइएको छ । प्रतिवादीसँग आठ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

    “आर्थिक वर्ष २०८/०८१ मा आयोगमा विभिन्न माध्यमबाट प्राप्त भएका २६ हजार ९१८ उजुरीहरू र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका नौ हजार २६८ उजुरीहरू समेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३६ हजार १८६ रहेकोमा ७६.५९ प्रतिशत उजुरी (२७ हजार ७१४) स्क्रिनिङ तथा प्रारम्भिक छानबिनबाट फर्स्योट भएको छ,” अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ३०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार