logo

२०८३ आश्विन १७ शनिबार

logo
  • २०८३ आश्विन १७ शनिबार
  • अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले हरायो

    1.1KShares
    अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले हरायो

    काठमाडौं ।  अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो।

    अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.२ ओभरमा अल आउट हुँदै १५१ रन मात्र बनाएको थियो। इङल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाएका थिए। त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्वाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २-२ विकेट लिएका थिए।

    इंग्ल्याण्डका लियाम लिभिङस्टोनले ३ विकेट लिँदा जोफ्रा आर्चर र सकिव महमुदले दुई÷दुई विकेट लिए ।१८० रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्डका खेलाडीहरु रन बनाउन निकै संघर्षरत देखिए ।

    लियाम लिभिङस्टोनले बनाएको ३७ रन नै सर्वाधिक ठूलो बन्यो । यसैगरी कप्तान फिल साल्ट २०, साम करण १८, जोर्डन कोक्स १७, जेमि ओभर्टन १५ रनमा पभेलियन फर्किए । यसैगरी सकिव महमुदले १२ रन बनाए ।अष्ट्रेलियाका सिन एबटले ३ विकेट लिँदा एडम जाम्पा र जोस हेजलवुडले दुई दुई विकेट लिए ।

    जितसँगै अष्ट्रेलिया ३ खेलको टी–२०आई श्रृंखलामा १–० को अग्रता लिन सफल भएको छ ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट