logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिवद्ध छ : गृहमन्त्री लेखक

    955Shares
    वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिवद्ध छ : गृहमन्त्री लेखक

    जनकपुरधाम, ७ भदौ स् गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार मुलुकमा विधिको शासन कायम गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।
    जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा आज जनकपुरधाममा आयोजित कार्यालय प्रमुखहरुसँगको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण तथा आर्थिक क्षेत्रको विकास गर्न तत्पर रहेको बताउनुभयो । राष्ट्रसेवक कर्मचारीलाई सरकारको यस कार्यमा सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
    मुलुकमा सङ्घीय तथा प्रदेश सरकार पटक पटक परिवर्तन भइरहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले त्यसबाट जनतामा आक्रोशसमेत बढेकाले दुई मुख्य दल मिलेर एमालेको नेतृत्वमा वर्तमान सरकार गठन भएको प्रष्ट पार्नुभयो । “यसले जनताका अधिकारलाई सुनिश्चित गर्नेछ”, उहाँले भन्नुभयो । सो अवसरमा उहाँले कर्मचारीलाई कसैको दवावमा नपरी काम गर्न सुझाव दिनुभयो ।
    “राष्ट्रसेवक कर्मचारीले नेपाल सरकारको निर्देशन, संविधान तथा ऐन कानुनको परिधिमा रहेर जनताको कामलाई निष्पक्षरुपमा कार्यसम्पादन गर्नुपर्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “कर्मचारीहरु आफू शासक हुँ भन्ने सोचबाट मुक्त हुनुपर्छ, सेवाग्राहीलाई हेपेर तथा दुःख दिएर जागिर खाने काम बन्द गर्नुपर्छ, त्यस्तो कार्य गर्ने कर्मचारीलाई कारवाहीको दायरामा ल्याइन्छ ।”
    बैठकमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न कार्यालयका प्रमुखलगायतको सहभागिता रहेको थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट