logo

२०८३ कार्तिक २८ शुक्रबार

logo
  • २०८३ कार्तिक २८ शुक्रबार
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी रिहा

    928Shares
    नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझी रिहा

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान रिहा भएका छन् ।

    ६५ वर्ष उमेर पूरा हुन लागेका रायमाझी ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएपछि रिहा भएका हुन् ।

    काठमाडौं जिल्ला अदालतले उनको कैदमुक्तिका लागि डिल्लीबजार कारागारमा संशोधित कैदीपुर्जी पठाएको थियो । सोही पुर्जीका आधारमा उनी कारागारबाट मुक्त भएका हुन् ।

    रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर गर्दै २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट