logo

२०८३ कार्तिक २० बिहीबार

logo
  • २०८३ कार्तिक २० बिहीबार
  • प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

    793Shares
    प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय विदेश सचिव मिश्रीबीच शिष्टाचार भेटवार्ता

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार बिहान प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको छ ।

    दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आइपुगेका विदेश सचिव मिश्रीले आफ्नो भ्रमणका क्रममा उच्चस्तरीय भेटघाटलाई निरन्तरता दिएका हुन् ।

    भेटका क्रममा मिश्रीले भारत सरकारका तर्फबाट नेपालको विकास र समृद्धिका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, दुई देशबीचको आपसी हित, कनेक्टिभिटी, व्यापार तथा सांस्कृतिक सम्बन्धका विविध पक्षमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भारतीय विदेश सचिवको यस भ्रमणलाई नेपाल–भारत सम्बन्धका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । दुई देशबीचका बाँकी विषयमा समझदारी कायम गर्न तथा उच्चस्तरीय संवादलाई निरन्तरता दिन भ्रमणले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक २०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट