logo

२०८३ मंसिर ९ मंगलवार

logo
  • २०८३ मंसिर ९ मंगलवार
  • प्रधानमन्त्री शाहको अपिल : जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सारौँ, राति यात्रा नगरौँ

    982Shares
    प्रधानमन्त्री शाहको अपिल : जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सारौँ, राति यात्रा नगरौँ

    काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले भारी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्न स्थानीय तहलाई आग्रह गरेका छन्।

    प्रधानमन्त्री शाहले देशभरका ७ सय ५३ वटै स्थानीय तहका विपद् व्यवस्थापन समितिलाई आवश्यक पूर्वतयारी गर्न र जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका हुन्।

    उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको जानकारी दिएका छन्। जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको पनि उनले बताएका छन्।

    नदी तथा खोला तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङमार्फत स्थानीयलाई सचेत गराइरहेका छन्। सम्भावित विपद् प्रतिकार्यका लागि आवश्यक तयारी पूरा गरिएको प्रधानमन्त्री शाहको भनाइ छ।

    प्रधानमन्त्री शाहले सर्वसाधारणलाई रातिको समयमा यात्रा नगर्न र आफू सुरक्षित रहँदै विपद्को जोखिमबाट जोगिन विशेष सतर्कता अपनाउन अपिल गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ आश्विन ८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट