logo

२०८३ असार २६ शुक्रबार

logo
  • २०८३ असार २६ शुक्रबार
  • कसैको पीडालाई राजनीतिकरण नगर्न गृहमन्त्री गुरुङको आग्रह

    751Shares
    कसैको पीडालाई राजनीतिकरण नगर्न गृहमन्त्री गुरुङको आग्रह

    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले कुनै पनि व्यक्तिको पीडालाई राजनीतिक मुद्दा नबनाउन सांसदहरूलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा मुगुका गणेश नेपालीको निधनबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले अन्तिम समयसम्म उपचारका लागि सबै सम्भव प्रयास गरेको बताए।

    गृहमन्त्री गुरुङले गणेश नेपालीको उपचारका क्रममा सरकारले आफ्नो जिम्मेवारीबाट कुनै पनि हालतमा पछि नहटेको उल्लेख गरे । कसैको दुःखलाई राजनीतिक लाभका लागि प्रयोग गर्नु उपयुक्त नहुने भन्दै देश निर्माणका लागि सबै पक्ष जिम्मेवार र सक्रिय हुनुपर्ने धारणा गृहमन्त्री गुरुङले राखेका थिए ।

    उनका अनुसार आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका गणेश नेपालीलाई उपचारका लागि भारत पठाउने विषयमा सरकारले व्यापक पहल गरेको थियो । तर चिकित्सकहरूको सल्लाहअनुसार उहाँलाई भारत नपठाई वीर अस्पतालमै उपचार गरिएको जानकारी दिएका छन् ।

    गृहमन्त्री गुरुङले जनताको सेवा केवल भाषण वा अभिव्यक्तिबाट सम्भव नहुने उल्लेख गर्दै प्रत्यक्ष रूपमा फिल्डमा खटिएर काम गर्नुपर्ने आवश्यकता औँल्याए । आफू कुनै प्रकारको ‘स्टन्टबाजी’ गर्न नभई देश र जनताको सेवा गर्न आएको पनि उहाँले स्पष्ट पारेका छन्।

    यसै क्रममा सरकारको कार्यशैली र तीन तहको शासन प्रणालीबारे पनि प्रतिपक्षी दलहरू जानकार हुनुपर्ने उनकोभनाइ थियो । घटनास्थलमा ट्राफिक प्रहरीले होइन, नगर प्रहरीले ह्विल लक लगाएको स्पष्ट पार्दै उनले सरकारको क्षेत्राधिकार बुझेर मात्रै टिप्पणी गर्न आग्रह गरेका थिए ।



    फास्ट न्युज    
  • २०८३ असार २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट