logo

२०८३ श्रावण १ शुक्रबार

logo
  • २०८३ श्रावण १ शुक्रबार
  • प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच मंगलबार महत्वपूर्ण भेटवार्ता

    835Shares
    प्रधानमन्त्री शाह र एडीबी अध्यक्ष कान्डाबीच मंगलबार महत्वपूर्ण भेटवार्ता

    काठमाडौं। दुई दिने औपचारिक भ्रमणका लागि एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा नेपाल आएका छन्।

    आइतबार राति करिब १० बजे काठमाडौं आइपुगेका अध्यक्ष कान्डालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थसचिव घनश्याम उपाध्यायले स्वागत गरेका थिए।

    भ्रमणका क्रममा अध्यक्ष कान्डा सोमबार र मंगलबार नेपालमा रहनेछन्। यस छोटो तर महत्त्वपूर्ण भ्रमणका अवसरमा उनले प्रधानमन्त्री बालेन्द्र शाहसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले पदभार सम्हालेपछि कुनै उच्च विदेशी पाहुनासँग गर्ने यो पहिलो औपचारिक भेट मंगलबारका लागि तय गरिएको हो।

    नेपाल–एडीबीबीचको विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले हुने यस भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    यसैबीच, अध्यक्ष कान्डाले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायत अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि द्विपक्षीय हित तथा आर्थिक सहयोगका विविध विषयमा सघन छलफल गर्ने कार्यक्रम रहेको छ।



    फास्ट न्युज    
  • २०८३ असार २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट