logo

२०८३ असार २२ सोमबार

logo
  • २०८३ असार २२ सोमबार
  • जागिरबाट हटाउने सूचना निकालेका असईलाई दुई दिनपछि बढुवा सिफारिस, प्रहरीको लापरबाही सार्वजनिक

    892Shares
    जागिरबाट हटाउने सूचना निकालेका असईलाई दुई दिनपछि बढुवा सिफारिस, प्रहरीको लापरबाही सार्वजनिक

    काठमाडौं । नेपाल प्रहरीको बढुवा प्रक्रियामा गम्भीर लापरबाही देखिएको छ। वैशाख १६ गतेदेखि गैरहाजिर रहेका असई जोसेफ तावालाई प्रहरी प्रधान कार्यालयले १० असारमा सेवाबाट हटाउने प्रक्रिया अघि बढाउँदै सार्वजनिक सूचना निकालेको थियो। तर, त्यसको दुई दिनपछि नै उनी सई पदमा बढुवाका लागि सिफारिस भएका छन्।

    झापाको हल्दीबारी घर भएका तावा ताप्लेजुङको प्रहरी चौकी सिवामा कार्यरत थिए। उनी वैशाख १६ गतेदेखि गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले १० असारमा सार्वजनिक सूचना जारी गर्दै सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको थियो।

    तर, गत साता प्रकाशित सई बढुवा सिफारिस सूचीमा तावाको नाम समेत परेपछि प्रहरी प्रशासनको रेकर्ड व्यवस्थापन र बढुवा प्रक्रियामाथि प्रश्न उठेको छ।

    प्रहरी स्रोतका अनुसार, सेवाबाट हटाउने प्रक्रिया पूर्ण रूपमा सम्पन्न नभएकाले प्रणाली (सिस्टम) मा उनको नाम कायम रहेको र त्यसकै आधारमा बढुवा सूचीमा नाम समावेश भएको हो। बढुवा निर्णयपछि भने उनको नाम हटाउने तयारी भइरहेको जनाइएको छ।

    यस घटनाले प्रहरी प्रधान कार्यालयको कर्मचारी अभिलेख अद्यावधिक, रेकर्ड व्यवस्थापन तथा बढुवा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ।



    फास्ट न्युज    
  • २०८३ असार २१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट