logo

२०८३ असार २१ आईतवार

logo
  • २०८३ असार २१ आईतवार
  • विश्वकप फुटबलः केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा

    847Shares
    विश्वकप फुटबलः केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा

    काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

    अर्जेन्टिनाले खेलमा तेस्रो पल्ट लिएको अग्रतालाई जितमा परिणत गरेको हो । केप भार्डेले यसअघि दुई पल्ट पडाडि रहेको स्थितिबाट प्रभाशाशाली प्रदर्शन गर्दै खेल बराबरीमा ल्याएको थियो । हारपछि भने अब केप भार्डे गर्विलो प्रदर्शनसँगै घर फर्कनेछ ।

    लियोनल मेसीले २९ औं मिनेटमा गरेको गोलमा अर्जेन्टिनाले सुरुआती अग्रता लिएको थियो । केप भार्डेले ५९ औं मिनेटमा बराबरी गोल फर्कायो र डेरोय डुर्टेको नाममा रह्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा समाप्त भएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको थियो ।

    लिसान्ड्रो मार्टिनेजले ९२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई दोस्रो पल्ट अग्रता दिलाए । तर यो पनि कायम रहेन र खेलको १०३ औं मिनेटमा सिन्डी लोपेसले केप भार्डेका लागि उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । त्यही स्थितिमा १११ औं मिनेटमा भार्डेको पोस्टमा सुसाइड गोल हुन पुग्यो । सुरुमा रोमेरोका नाममा गोल दिइए पनि पछि उक्त गोललाई सुसाइड दिइएको हो । त्यही गोल नै अर्जेन्टिनाका लागि जितको आधार बन्यो । अब अर्जेन्टिनाले अन्तिम १६ मा प्रवेशका लागि इजिप्टको सामना गर्ने । यसअघि इजिप्टले टाइब्रेकरमा अस्ट्रेलियालाई पराजित गरेको थियो ।



    फास्ट न्युज    
  • २०८३ असार २०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट